काठमाडौं– घनगढी उपमहानगरपालिकामा १ सय ५३ मत गणना हुँदा स्वतन्त्र उम्मेदवार गोपाल हमालले आफ्नो अग्रता बढाएका छन्।
उनलाई नेपाली कांग्रेसका उम्मेदवार नृपबहादुर वडले पछ्याइरहेका छन्। हमालले ७७ मत ल्याउँदा वडले ३५ मत पाएका छन्।
त्यस्तै, नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्दले ५ मत मात्र प्राप्त गरेका छन्। त्यस्तै, उपमेयरमा गठबन्धनकी उम्मेदवार शान्ति अधिकारीले अग्रता लिएकी छन्।
अधिकारीले ४८ मत पाएकी छन् भने स्वतन्त्र उम्मेदवारले ३१ मत पाएका छन्। नेकपा एमालेकी कन्दकला रानाले १७ मत पाएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।