काठमाडौं- भरतपुर महानगरपालिकाको मतगणनाको पछिल्लो अपडेट प्राप्त भएको छ। त्यहाँ १५० मत गणना भइसकेको छ।
प्राप्त जानकारी अनुसार, नेकपा एमालेका मेयर उम्मेदवार विजय सुवेदीले ६६ मत पाएका छन्।
उनलाई माओवादी केन्द्रकी रेनु दाहालले पछ्याइरहेकी छन्। उनले ५१ मत पाएकी छन्। स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १३ मत पाएका छन्।
उपमेयरमा कांग्रेस उम्मेदवार चित्रसेन अधिकारीले अग्रता लिएका छन्। उनले ५७ पाएका छन्। त्यस्तै, राप्रपाकी हिमला गुरुङले ४५ मत पाएकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।