काठमाडौं- शंखरापुर नगरपालिकामा एमाले र राप्रपाबीच मेयरमा उछिनापाछिन चलिरहेको छ। अहिले राप्रपाका रमेश नापितले अग्रता लिएका छन्।
नापितले ५१९ मत पाएका छन्। उनलाई एमालेका कृष्णलाल बजगाईंले पछ्याइरहेका छन्। बजगाईंले ४८५ मत पाएका छन्।
त्यसैगरी नेकपा एकीकृत समाजवादीका लक्ष्मीप्रसाद श्रेष्ठले ३५० र माओवादी केन्द्रका मधु केसीले २०४ मत पाएका छन्।
यसअघि राप्रपाका नापितले सुरुवाती अग्रता लिए पनि बीचमा एमालेका बजगाईंले उछिनेका थिए। बजगाईंले ४१० मत पाउँदा नापितको ३९८ मात्र थियो।
उपमेयरमा भने कांग्रेसकी समित श्रेष्ठ ४९१ मतसहित अगाडि छिन्। एमालेकी लक्ष्मी केसी ३२५ र राप्रपाकी विजयकुमारी वाइबाको २८० मत छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।