काठमाडौं– नेकपा एमालेका नेता गोकुल वास्कोटाको गृहनगर काभ्रेको मण्डनदेउपुर नगरपालिकाको प्रमुखमा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता कायम गरेका छन्।
१ हजार १७ मत गणना भइसक्दा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका मेयर उम्मेदवार टोकबहादुर तामाङले ४१९ मत ल्याएर अग्रता कायम राखेका छन्। नेकपा एमालेबाट मेयरका उम्मेदवार रहेका विदुर प्रसाद सापकोटाले ३२२ मत ल्याएका छन्।
उपमेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार विष्णुमणी नेपालले ४०६ मत ल्याएका छन्। नेकपा एमालेबाट उपमेयरका उम्मेदवार सरिता ढकालले ३२८ मत ल्याएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।