काठमाडौं– धरान उपमहानगरपालिकाको सुरुवाती मतगणनामा गठबन्धन तर्फका मेयरका उम्मेदवार किशोर राईले अग्रता लिएका छन्।
कुल ३ सय मत गणना हुँदा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका राईले १ सय १६ मत प्राप्त गरेका हुन्।
यस्तै, एमाले तर्फको मेयर पदकी उम्मेदवार मन्जु भण्डारी सुवेदीले ६२ मत ल्याएर राईलाई पछ्याइरहेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।