धनगढी– कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले सुरुवाती अग्रता लिएका छन्।
१०० मत गणना हुँदा स्वतन्त्र उम्मेदवार हमालले ५५ मत ल्याएका छन्। उनलाई गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार रहेका नृपबहादुर वडले पछ्याइरहेका छन्।
धनगढीका निवर्तमान मेयर समेत रहेका वडले २२ मत प्राप्त गरेका छन्। नेकपा एमालेका उम्मेदवार रण बहादुर चन्द चन्दले भने २ मत प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।