अमगरढी– डडेलधुरा जिल्ला सदरमुकाम रहेको अमरगढी नगरपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।
कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार रहेका लोकबहादुर ऐर ५२६ मत ल्याएर निर्वाचित भए। उनका प्रतिस्पर्धी नेकपा एमालेका शेर वहादुर दियालले ४७६ मत पाए।
ऐर २०७४ को स्थानीय निर्वाचनमा पनि कांग्रेसका तर्फबाट वडाध्यक्ष निर्वाचित भएका थिए। यस वडामा कुल मतदाता सङ्ख्या १५६५ थियो । जसमध्ये ११ सय ६५ मत खसेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।