काठमाडौं– बझाङको वित्थडचिर गाउँपालिका वडा नम्बर १ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।
एमालेका उम्मेदवार टेक बोहरालाई १७९ मत अन्तरले पराजित गर्दै कांग्रेसका मान बहादुर बोहरा विजयी भएका हुन्। मानबहादुरले ५२४ मत प्राप्त गर्दा टेकबहादुरले ३४५ मत प्राप्त गरेका छन्। माओवादीका उम्मेदवार देव बोहराले २५५ मत प्राप्त गरे।
उक्त वडाबाट पालिका अध्यक्षमा एमालेका लोकेन्द्र बोहराले ७०१ मत, कांग्रेसका अमर महरले ३५५ मत र समाजवादीका जय बोहराले ४६ मत प्राप्त गरेका छन्।
कुल १ हजार ६५५ मतदाता रहेको उक्त वडामा एक हजार २११ मत खसेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।