काठमाडौं– माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलको निर्वाचन क्षेत्र महोत्तरीको बर्दिबास नगरपालिकामा माओवादी तेस्रो स्थानमा परेको छ।
उक्त नगरमा नेपाली कांग्रेसबाट विद्रोह गरेका बागी उम्मेदबार प्रलादकुमार क्षेत्रीले शुरुवाती अग्रता लिएका छन्। उनले ३४५ मत पाउँदा नेपाली कांग्रेसका आधिकारिक उम्मेदबार जिरञ्जिवी हमालले १० मत मात्र प्राप्त गरेका छन्।
दोस्रोमा नेकपा एमालेका टेकबहादुर बलम्पाकी रहेका छन्। उनले २५६ मत ल्याउदै कांग्रेसका बागी उम्मेदवारलाई पछ्याइ रहेका छन्।
माओवादी केन्द्रका उम्मेदवार राजु खड्काले १५६ मत ल्याएका छन्। क्षेत्रीलाई नगर कार्य समितिको सिफारिसमा प्रदेश कार्य समितिले टिकट दिएको थियो। तर, पार्टी केन्द्रले भने खोसेर हमाललाई टिकट दिएपछि उनी स्वतन्त्र उठेका थिए।
पार्टीले टिकट नदिएपछि २०७४ मा पनि मेयरका उम्मेदवार रहेका क्षेत्री स्वतन्त्र नै उठेका थिए। यो क्षेत्र माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री गिरिराजमणि पोखरेलले मतदान गर्ने क्षेत्र हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।