काठमाडौं– नेकपा माओवादी केन्द्रले पालिकाको नेतृत्वमा खाता खोलेको छ। उसले डोल्पाको जगदुल्ला गाउँपालिकाको अध्यक्षमा जित हासिल गरेको हो।
त्यहाँ माओवादी केन्द्रका उम्मेदवार नारा सिं रोकाया विजयी भएका हुन्। उनले ७७० मत पाएका छन्।
त्यस्तै, एमालेका हेमबहादुर महताराले भने ७४६ मत मात्रै पाए।
उपाध्यक्षमा पनि माओवादी केन्द्रकै अमरिता बोहोरा निर्वाचित भएकी छन्। माओवादीकी ७५९ मत ल्याएर उपाध्यक्ष निर्वाचित हुँदा एमालेकी चन्द्रा बति थापाले ७४९ मत ल्याइन्।
त्यस्तै, एमालेका हेमबहादुर महताराले भने ७४६ मत मात्रै पाए।
६ वटा वडा रहेको गाउँपालिकामा नेकपा एमालेले ३, माओवादी केन्द्रले २ र नेपाली कांग्रेसले १ वटा वडामा वडाध्यक्ष जितेको छ।
एमालेले वडा नम्बर १, वडा नम्बर ३ र वडा नम्बर ६ को वडाध्यक्षमा जित हासिल गरेको छ। माओवादी केन्द्रले वडा नम्बर ४ र ५ मा तथा नेपाली कांग्रेसले वडा नम्बर २ मा वडाध्यक्ष जितेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।