काठमाडौं– इलामको सन्दकपुर गाउँपालिकाको वडा नम्वर १ मा नेकपा एमालेका उम्मेदवारले जित हात पारेका छन्।
एमालेका उम्मेदवार रहरकुमार राई ४५५ मतसहित विजयी बनेका हुन्। उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार नन्दकुमार राईले ४२२ मत पाए।
गाउँपालिका प्रमुखमा पनि नेपाली कांग्रेस अगाडि रहेको छ। नेपाली कांग्रेसका उम्मेदवार तुलाराम गुरुङले ६१३ मत पाएका छन् भने एमालेका उम्मेदवार उदयबहादुर राईले उनलाई पछ्याइरहेका छन् । उनले ४१० मत पाएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।