काठमाडौं– शुक्रबार भएको स्थानीय तहको निर्वाचनअन्तर्गत १० वटा पालिकाको मतपरिणाम सार्वजनिक भएको छ। शनिबार अपराह्न २ बजेसम्म प्राप्त मतपरिणाम अनुसार एमालेले सर्वाधिक ५ वटा पालिकाको नेतृत्व पाएको छ।
कांग्रेसले पनि तीन वटा पालिकामा नेतृत्व हत्याएको छ। एकीकृत समाजवादीले २ वटा पालिकाको नेतृत्व हत्याएको छ। एमालेले एउटा र एकीकृत समाजवादीले दुई वटा पालिकाको नेतृत्व निर्विरोध पाएका हुन्।
मनाङको चारवटै पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ। एमालेले मनाङ ङिस्याङ गाउँपालिका र चामे गाउँपालिकाको अध्यक्षमा जित निकालेको छ।
त्यस्तै, कांग्रेसका उम्मेदवारहरुले नार्पाभूमि गाउँपालिकामा र नासोँमा गाउँपालिकामा जित निकालेका छन्।
कसले कहाँ जिते?
एमाले
१ मनाङ ङिस्याङ गाउँपालिका/ मनाङ
कान्छा घले/एमाले- ८६१
छिरिङ ओङमा गुरुङ (घले)/कांग्रेस- ७१३
२ लो- घेकर दामोदरकुण्ड गाउँपालिका/ मुस्ताङ
लोप्साङ छोम्पेल विष्ट/एमाले-
देव बहादुर गुरुङ/एकिकृत समाजवादी-
३ चामे गाउँपालिका/मनाङ
लोकेन्द्र वहादुर घले/एमाले- ३२०
छिरिङ ध्वर्जे लामा/ कांग्रेस- २७९
४ शे फोक्सुन्डो गाउँपालिका/ डोल्पा
धावा सम्डुक गुरुङ/एमाले- निर्विरोध
५ बागागुङ मुक्तिक्षेत्र गाउँपालिका/ मुस्ताङ
रिङजीन नामगेल गुरुङ/एमाले
आङ्जेन गुरुङ/कांग्रेस
नेपाली कांग्रेस
१ घरपझोङ गाउँपालिका/ मुस्ताङ
मोहन सिंह लालचन/ काग्रेस
सन्जय कुमार थकाली/ एमाले
२ नार्पाभूमि गाउँपालिका/ मनाङ
कोन्जो तेन्जीङ लामा/ काग्रेस- १५८
कृष्ण बहादुर लामा/स्वतन्त्र- १११
३ नासोँमा गाउँपालिका/ मनाङ
धन बहादुर गुरुङ/ काग्रेस
मन बहादुर गुरुङ/एमाले
एकीकृत समाजवादी
१ काइके गाउँपालिका/डोल्पा
अंगद कुमार राना/एकीकृत समाजवादी- निर्विरोध
२ छार्का साङतोङ गाउँपालिका/ डोल्पा
सेनाङ गुरुङ/ एकीकृत समाजवादी- निर्विरोध
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।