काठमाडौं– काठमाडौं महानगरपालिकाको मतगणना जारी छ। मतगणनाको प्रारम्भिक परिणामअनुसार मेयर पदका ३ उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ।
स्वतन्त्र उम्मेदवार बालेन शाह, सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह र नेकपा एमालेका उम्मेदवार केशव स्थापितबीच प्रतिस्पर्धा देखिएको छ।

यसबीच स्वतन्त्र उम्मेदवार शाहका समर्थकहरु मतगणनास्थल राष्ट्रिय सभागृहमा भेला भएका छन्। सभागृह बाहिर सडकमा भेला भएका साहका समर्थकहरुले अहिले नाराबाजी गरिरहेका छन्।
बाक्लो रुपमा उपस्थित जनाएका सर्मथकहरुले बालेनको पक्षमा नाराबाजी गरिरहेका छन्।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।