काठमाडौं- हिमालपारिको जिल्ला मनाङमा मतगणना सकिएको छ। कुल चार पालिका रहेको जिल्लामा एमाले र कांग्रेसले दुईदुई गाउँपालिकाको नेतृत्व जितेका छन्।
एमालेले मनाङ ङिस्याङ गाउँपालिकाको अध्यक्ष जितेको छ। जसमा एमालेका उम्मेदवार कान्छा घलेले ८६१ मत पाएका थिए। त्यस्तै, चामे गाउँपालिकाको अध्यक्षमा पनि एमाले उम्मेदवार लोकेन्द्रबहादुर घले विजयी भएका छन्। उनले ३२० मत पाएका छन्।
त्यस्तै, नार्पाभूमि गाउँपालिकामा कांग्रेस उम्मेदवार विजयी भएका छन्। त्यहाँ कोन्जो तेन्जिङ लामा विजयी भएका हुन्। नासोँ गाउँपालिकामा पनि कांग्रेस उम्मेदवार विजयी भएका छन्। नासों गाउँपालिको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार धनबहादुर गुरुङ विजयी भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।