काठमाडौं– मनाङको नासों गाउँपालिको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार धनबहादुर गुरुङ विजयी भएका छन्।
उनले नेकपा एमालेका मनबहादुर गुरुङलाई पराजित गरेका हुन्। विजयी गुरुङले ८ सय २० मत पाउँदा एमालेका गुरुङले ६ सय ४८ मत ल्याए।
गाउँपालिका उपाध्यक्षमा भने नेकपा माओवादी केन्द्रका वेदबहादुर गुरुङ निर्वाचित भएका छन्।
उनले ९ सय १३ मत ल्याए। उनले एमाले समर्थनका स्वतन्त्र उम्मेदवार अर्विन गुरुङललाई पराजित गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।