काठमाडौं– मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा नेकपा एमालेले जित हात पारेको छ।
स्थानीय तह निर्वाचन २०७४ मा नेपाली कांग्रेसले अध्यक्ष जितेको पालिकामा एमालेको उम्मेदवार विजयी बनेका छन्।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार रिनजिङ नामगेल गुरुङले ८६७ मत प्राप्त गरी विजयी भए। उनको प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार आङजेन गुरुङले ५७७ मत पाएका छन्।
गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकी उम्मेदवार दिकी गुरुङ ७४९ मतसहित विजयी भएकी छन्। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार धेव आङ्वो गुरुङले ६७७ मत प्राप्त गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।