अमगरढी– प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहपालिका गन्यापधुराको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवारले दोब्बर बढी मतले अग्रता कायम राखेका छन्।
मतगणना जारी रहँदा नेपाली कांग्रेसबाट गाउँपालिकाको अध्यक्षका उम्मेदवार ईन्द्र कार्कीले १ हजार ३०९ मत ल्याएका छन्। नेपाली कांग्रेसबाट विद्रोह गरी नेकपा एमालेसँग चुनावी तालमेल गरेको कांग्रेस बीपीका उम्मेदवार सुरेन्द्र मालीले ५६७ मत पाएका छन् भने नेकपा एकीकृत समाजवादीका नरबहादुर बिष्टले १७८ मत प्राप्त गरेका छन्।
गाउँपालिकाको उपाध्यक्षमा पनि कांग्रेसकै उम्मेदवार ज्ञानु सेटी अगाडि छन्। सेटीले १ हजार २५७ मत प्राप्त गरेकी छन् भने एमालेका उम्मेदवार इन्द्र महराले ५८७ मत पाएका छन्। यस्तै, नेकपा माओवादी केन्द्रका चन्द्रबहादुर मल्लले ३१२ मत प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।