अमगरढी– डडेलधुराको अमगरढी नगरपालिकामा जारी मतगणनामा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ। १००५ मत गणना हुँदा नगर प्रमुखका लागि कांग्रेसका उम्मेदवार ४४२ मत ल्याएर अगाडि छन्।
कांग्रेसका उम्मेदवारलाई कांग्रेसबाटै विद्रोह गरेर एमालेसँग तालमेल गरेको कांग्रेस बीपीका उम्मेदवारले पछ्याइरहेका छन्। मेयरमा कांग्रेस बीपीका उम्मेदवारले ४१२ मत ल्याएका छन्।
प्रमुख पदमा माओवादी केन्द्रका उम्मेदवारले १६, एकीकृत समाजवादीका उम्मेदवारले ११ र राप्रपाका उम्मेदवारले २ मत ल्याएका छन्।
उपप्रमुखमा भने नेकपा एमालेका उम्मेदवार अगाडि छन्। एमालेका उम्मेदवारले ४३१ मत ल्याउँदा कांग्रेसका उम्मेदवारले ४२४ मत ल्याएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।