काठमाडौं– ललितपुर महानगरको मतगणना सुरु भएको छ।
ललितपुर महानगरमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका चिरिबाबु महर्जन र नेकपा एमालेका तर्फबाट हरिकृष्ण ब्यञ्जनकार उम्मेदवार छन्।
ललितपुरमा यसअघि नेपाली कांग्रेसका महर्जनले मेयर पदमा जित हात पारेका थिए। शुक्रबार बेलुका नै गणना गर्ने भनिएपछि मतपेटिका संकलन र मुचुल्का उठाउने कार्य हुन नसक्दा रोकिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।