धनगढी– कैलालीको कैलारी गाउँपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीले सुरुवाती अग्रता लिएको छ।
५०० मत गणना हुँदा गाउँपालिकाको अध्यक्ष पदमा राप्रपाका उम्मेदवारले १८३ मत प्राप्त गरेका छन्। यस्तै, नेपाली कांग्रेसका उम्मेदवारले १४० र माओवादी केन्द्रका उम्मेदवारले १०० मत प्राप्त गेका छन्।
अध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवारले २१, जनता समाजवादी पार्टीका उम्मेदवारले १ र नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारले ३ मत ल्याएका छन्।
गाउँपालिकाको उपाध्यक्षमा पनि राप्रपाले नै अग्रता कायम राखेको छ। उपाध्यक्षमा राप्रपाका उम्मेदवारले १६३ मत ल्याउँदा कांग्रेसका उम्मेदवारले १४६, माओवादी केन्द्रका उम्मेदवारले ११५ र एमालेका उम्मेदवारले २३ मत प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।