काठमाडौं– चितवनस्थित भरतपुर महानगरपालिकाको मतगणना सुरू भएको छ । शनिबार बिहानदेखि गणना सुरु गरिने भनेपछि १२ बजेमात्र सुरु भएको हो। महानगरको वडा नम्बर १ बाट गणना सुरू गरिएको छ।
अहिले चासोका साथ हेरिएको भरतपुरमा बिहानैदेखि मतगणनास्थलका बारेमा विवाद भएको थियो। भरतपुरमा गठबन्धनका तर्फवाट रेणु दाहाल, नेकपा एमालेबाट विजय सुवेदी र स्वतन्त्रवाट जगनाथ पौडेल चुनावै मैदानमा छन्।
एक लाख ८५ हजार मतदाता रहेको भरतपुर महानगरमा शुक्रबार भएको मतदानमा १ लाख २७ हजार मत खसेको थियो।
नेपाली कांग्रेससहितको गठबन्धन र नेकपा एमालेका बीचमा प्रतिस्पर्धा हुने आकलन गरिएको छ।
कांग्रेसबाट असन्तुष्ट बनेका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलका कारण दुवै पक्षमा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। भरतपुर महानगरपालिकामा २९ वडा छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।