काठमाडौं– प्रारम्भिक मतगणनामा सभामुख अग्निप्रसाद सापकोटाको गृहनगर सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा माओवादी केन्द्र तेस्रो स्थानमा छ।
सो नगरपालिकामा मेयर उम्मेदवारहरु एमालेका इन्द्रकुमार नेपाल र नेपाली कांग्रेसका केशवराज गिरीले समान ६३ मत पाएका छन्। प्रारम्भिक मत गणनामा माओवादी केन्द्रका मेयर उम्मेदवार कृष्णप्रसाद सापकोटाले ५६ मत पाएका छन्।
उपमेयरमा एमालेकी बालकुमारी सापकोटाले ६८, कांग्रेसकी तुल्सीकुमार श्रेष्ठले ६४ र एकीकृत समाजवादीकी सीता थापाले २९ मत पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।