काठमाडौं- एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको गृहनगर रौतहटको गौर नगरपालिकामा सोही पार्टीका उम्मेदवारले अग्रता लिएका छन्।
शनिबार भइरहेको मतगणनाको प्रारम्भिक तथ्यांकअनुसार एकीकृत समाजवादीका प्रमुखका उम्मेदवार शम्भु साहले २७२ मत प्राप्त गरेका छन्। साहलाई लोसपाका अजयकुमार गुप्ताले ६५ मतसहित पछ्याएका छन्।
त्यस्तै, उपप्रमुखमा एकीकृत समाजवादीकै शैलकुमारी साहले अग्रता लिएकी छिन्। उनले २०१ मत पाएकी छिन्। उनलाई कांग्रेसकी शाहजान खातुनले ७६ मतसहित पछ्याएकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।