काठमाडौं– नुवाकोट जिल्लाको तारकेश्वर गाउँपालिकाको प्राराम्भिक मत परिणाम अनुसार सत्ता गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन्।
कुल १००० मत गणना हुँदा गठबन्धन तर्फका कांग्रेस उम्मेदवार शिव अधिकारीले ५४५ मत प्राप्त गरेका छन्।
त्यस्तै एमालेका उम्मेदवार रमेश बहादुर वस्तीले ३३६ मत प्राप्त गरेका छन्। उपाध्यक्षमा भने एमाले उम्मेदवार अगाडि छन्।
एमालेकी उम्मेदवार कोपिला भट्टले ३४९ तथा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादीका हरि प्रसाद रिमालले ३२४ मत पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।