काठमाडौं– काठमाडौंको शंखरापुर नगरपालिकामा प्रमुख राजनीतिक दललाई पछाडि पार्दै राप्रपाले सुरुवाती अग्रता लिएको छ।
पछिल्लो परिणाम अनुसार राप्रपाका मेयर उम्मेदवार रमेश नापितले २८१ प्राप्त गरेका छन्।
एमालेका उम्मेदवार कृष्ण बजगाईले २७० ल्याएका छन् भने कांग्रेस–एकीकृत समाजवादी गठबन्धनबाट प्रमुखको उम्मेदवार बनेका एलपी श्रेष्ठले २३० मत पाएका छन्।
त्यस्तै, माओवादीबाट प्रमुखको प्रत्यासी बनेका निरज केसीले ११४ मत पाएका छन्। उक्त नगरको १ र ९ नम्बर वडाबाट गणना थालिएको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।