काठमाडौं– नेकपा एमालेका नेता गोकुल बास्कोटाको निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन्।
काभ्रेको मण्डनदेउपुरमा नगरपालिकामा ३५० मत गणना गर्दा गठबन्धनबाट मेयरका उम्मेदवार टोकबहादुर तामाङले अग्रता लिएका छन् भने उनलाई एमाले उम्मेदबार विदुरप्रसाद सापकोटाले पछ्याइरहेका छन्।
तामाङले १४५ पाउँदा एमालेका सापकोटाले १३८ मत पाएका छन्। उपमेयरमा भने गठबन्धनका उम्मेदवार पछि परेका छन्। गठबन्धनबाट चुनाव लडेका नेपाली कांग्रेसका उम्मेदवार विष्णुमणि नेपालले उनले १२८ मत पाउँदा एमालेकी उपमेयर सरिता ढकालले १४्५ मत पाएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।