काठमाडौं– दाङको बबई गाउँपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ। ११ सय मत गणना गर्दा नेपाली कांगेसका उम्मेदवार कुलबहादुर केसीले ४३६ले पाएका छन्।
एमाले उम्मेदवार भुवनेश्वर पौडेले ३५४ मतसहित उनलाई पछ्याइरहेका छन्। उपाध्यक्षमा पनि नेपाली कांग्रेसले नै अग्रता लिएको छ। नेपाली कांग्रेसकी उम्मेदवार बमकुमारी खड्काले ४०१ मत पाएकी छन् भने एमाले उम्मेदवार सावित्रा विकले ३४८ मत पाएकी छन्।
त्यस्तै, माओवादी केन्द्रका मेयर भीमबहादुर बलीले २१७ मत प्राप्त गरेका छन् भने उपमेयरमा अञ्जु घर्तीले २३५ले मत पाएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।