काठमाडौं– काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन्।
पछिल्लो परिणामअनुसार नेकपा एमालेका उम्मेदवार रामशरण ढुङ्गानाले २३८ मत प्राप्त गरेका छन्। उनलाई नेपाली कांग्रेसका उपेन्द्र कार्कीले पछ्याइरहेका छन्।
काग्रेसका उपेन्द्र कार्कीले २२२ मत पाएका छन्। उपमेयरमा पनि नेकपा एमालेकै अग्रता रहेको छ।
एमालेकी उम्मेदवार शान्ता थापाले २४० मत पाउँदा गठबन्धनका उम्मेदवार भोला चापागाईले १२६ मत पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।