काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमक नगरपालिकामा एमाले उम्मेदवार गीता अधिकारीले अग्रता लिएकी छन्।
उनलाई गठबन्धनका उम्मेदबार राम थापाले पछ्याइरहेका छन्। ३ सय मत गणना हुँदा एमालेकी अधिकारीले १३९ मत पाएकी छन् भने राप्रपाका थापाले १ सय २० मत पाएका छन्।
उपमेयरमा भने गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन्। गठबन्धनका उपमेयर रोगिना भट्टराई १३२ र एमालेकी उम्मेदवार अम्विका खनालले ११० मत पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।