काठमाडौं– काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा नेपाली कांग्रेसका सन्तबहादुर लामा विजयी भएका छन्।
कुल १२ सय ४८ मत खसेकोमा लामा ५७३ मत ल्याउँदै विजयी बनेका हुन्। निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदावारले ४६३ मत ल्याए।
त्यस्तै, वडा नं १को मत गणना सकिँदा नगरप्रमुखा स्वतन्त्र उम्मेदवार अगाडि छन्, स्वतन्त्र उम्मेदवार विदुरबहादुर बस्नेत ५७२ मतसहित अगाडि छन्।
उनलाई एमालेका अशोककुमार व्यन्जूले पछ्याइ रहेका छन्। उनको ४६७ मत रहेको छ। गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका दयासागर श्रेष्ठले ५० भन्दा कम मत ल्याएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।