काठमाडौं– दाङको राप्ती गाउँपालिका वडा नम्बर ९ को वडाध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ।
माओवादी केन्द्रबाट वडाध्यक्षका उम्मेदवार रिमबहादुर सुनारी मगर विजयी भएका हुन्। विजयी सुनारी मगरले ३७६ मत प्राप्त गरे।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका रमेश चुहानले २२६ मत प्राप्त गरे। यस्तै, नेकपा एमालेका उम्मेदवार वालाराम बुढामगरले ६८ मत प्राप्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।