काठमाडौं– रोल्पाको थवाङ गाउँपालिका वडा नम्बर ५ को वडाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार पराजित भएका छन्।
नेपाली कांग्रेस, नेकपा एमाले र विप्लव नेतृत्वको नेकपाको गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै माओवादी केन्द्रका गोर्वधन घर्तीमगर वडाध्यक्ष निर्वाचित भएका छन्। माओवादी केन्द्रले थवाङ–५ मा वडाध्यक्षसहित सबै वडा सदस्य जितेको छ।
वडाध्यक्षमा विजयी भएका घर्तीमगरले ३९५ मत प्राप्त गरे। कांग्रेस, एमाले र विप्लव नेकपाको गठबन्धनबाट वडाध्यक्षको उम्मेदवार रहेका लुकमन रोकामगरले २९१ मत ल्याए।
काङ्ग्रेस, एमाले र विप्लव नेतृत्वको नेकपाको गठबन्धनलाई हराउँदै नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष उम्मेदवार गोबर्धन घर्ती मगर प्यानल सहित विजयी भएका हुन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।