काठमाडौं– प्रदेश १ को मोरङको कानेपोखरी गाउँपालिकामा एमालेले अग्रता लिएको छ। शुक्रबार भएको स्थानीय तहको निर्वाचनपश्चात भइरहेको मतगणनामा एमालेले अग्रता लिएको हो।
हालसम्म २ हजार ४ सय मतगणना भइसक्दा प्रमुख पदका लागि एमाले उम्मेदवार राजमति इङनामले ९६७ मत प्राप्त गरेकी छिन्। त्यस्तै, कांग्रेसका उम्मेदवार सञ्जय भट्टराईले ६०७ र माओवादी उम्मेदवार सूर्य धिमालले ४३२ मत प्राप्त गरेका छन्।
उपाध्यक्ष पदमा पनि एमालेले अग्रता लिएको छ। एमालेका उम्मेदवार भोला अधिकारीले हालसम्म १ हजार २४ मत प्राप्त गरेका छन्। दोस्रोमा कांग्रेस उम्मेदवार मनु गुरुङले ७४८ र माओवादी केन्द्रको तर्फबाट उम्मेदवार तारा ओझाले ६६८ मत प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।