काठमाडौं– गोकर्णेश्वर नगरपालिकाको प्रमुखमा नेकपा एमालले सुरुवाती अग्रता लिएको छ। स्थानीय तहको शुक्रबार भएको निर्वाचनको मतगणना शनिबार बिहानदेखि सुरु भएको हो।
पछिल्लो विवरण अनुसार वडा नं १को १८०० मत गन्दा एमालेका नगर प्रमुखका उम्म्दवार उद्धव विष्ट अगाडि छन्। उनले ८०३ मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीपक रिसालले ७५४ मत ल्याएका छन्।
उपप्रमुखतर्फ पनि एमाले नै अगाडि छन्। एमालेबाट उपमेयरकी उम्मेदवार सान्नानी लामाले ८३७ मत ल्याउँदा कांग्रेसकी शान्ति नेपालले ६७४ मत ल्याएकी छन्।
त्यस्तै, वडा न. १ मा पनि एमालेके उम्मेदवारले अग्रता लिएका छन्। वडा अध्यक्षमा एमालेले ९९० मत ल्याउँदा कांग्रेसले ६४७ मत मात्र पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।