काठमाडौं– रुकुम पश्चिमको सानीभेरी गाउँपालिका– १ मा नेकपा माओवादी केन्द्रले जित हात पारेको छ।
सो वडामा भर्खरै प्राप्त नजिजाअनुसार वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका टेकबहादुर पुनसहित प्यानल नै विजयी भएको हो। पुन ५ सय ६१ मतसहित विजयी बनेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका खले पुनले २ सय ८१ मतमात्र प्राप्त गरे।
त्यस्तै, गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका विर्खबहादुर विष्ट ५ सय ४७ मतसहित शीर्ष स्थानमा रहँदा कांग्रेस–एमाले गठबन्धनका उम्मेदवार कांग्रेसका गोरखप्रसाद चन्द २ सय ८० मतसहित उनलाई पछ्याइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।