काठमाडौं– काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकामा स्वतन्त्र उम्मेदवारले सुरुवाती अग्रता लिएका छन्।
वडा नं १ को ९०० मत गणना हुँदा मेयरमा जेब्रा चुनाव चिह्न लिएर उठेका स्वतन्त्र उम्मेदवार बिदुरबहादुर बस्नेतले ४०६ मत पाएका छन्।
त्यसैगरी नेकपा एमालेकाअशोककुमार ब्यान्जुले ३४३ मत पाउँदा गठबन्धनका तर्फका उम्मेदवारले १२ मत मात्र पाएका छन्। उपमेयरतर्फ भने कांग्रेसले ४०९ मत ल्याएको छ।
सो नगरमा गठबन्धनका तर्फबाट मेयरमा एकीकृत समाजवादी र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार चुनावी मैदानमा छन्।
त्यस्तै, वडा नं १मा भने कांग्रेस ४०४ मत सहित शीर्ष स्थानमा रहँदा एमाले ३४२ मतसहित दोस्रो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।