सुर्खेत– सल्यानको कुमाख गाउँपालिका वडा नम्बर १ को वडाध्यक्षमा माओवादी केन्द्रका डिल्ली राना विजयी भएका छन्। वडा नम्बर १ मा वडाध्यक्ष र सदस्यहरुमा माओवादीको प्यानल नै विजयी भएको हो।
वडाध्यक्षमा विजयी रानाले ६०८ मत ल्याए। कुमाख १ मा नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन थियो। कांग्रेस-एमाले गठबन्धनको तर्फबाट कांग्रेसका प्रेमबहादुर बुढाथोकीले ४८० मत प्राप्त गरे।
महिला वडा सदस्य, दलित महिला वडा सदस्य र खुला दुई सदस्यमा पनि माओवादी केन्द्रकै उम्मेदवार विजयी भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।