काठमाडौं– काठमाडौंको बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा नेकपा एमालेका सुरेन्द्र लामा प्यानलसहित निर्वाचित भएका छन्। उनले ८४५ मत प्राप्त गर्दै जित हासिल गरेका हुन्।
लामाका प्रतिस्पर्धी नेपाली कांग्रेसका उत्तम कुमार खड्काले ४७३ मत प्राप्त गरे। त्यस्तै, नेकपा एकीकृत समाजवादीका श्याम तामाङले ५१ र नेकपा माओवादी केन्द्रका ललिता श्रेष्ठले २२ मत प्राप्त गरिन्।
उक्त वडाको सदस्यमा एमालेका नविन श्रेष्ठ र बुद्धि मान लामा विजयी भएका छन्। उनीहरुले क्रमशः ८०२ र ७७३ मत प्राप्त गरे। महिला सदस्य पदमा पनि एमालेकै चण्डीका रैलाले ८३० मत प्राप्त गर्दै जित हासिल गरिन्। त्यस्तै, वडाको दलित महिला सदस्य पदमा शर्मिला नेपाली ८३२ मत ल्याउँदै निर्वाचित भएकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।