महेन्द्रनगर– कञ्चनपुरको लालझाडी गाउँपालिकाको वडा नम्बर ६ को वडाध्यक्षमा नेपाली कांग्रेसका हर्क नारायण जोशी विजयी भएका छन्। उक्त वडामा वडाध्यक्षसहित सदस्यहरुमा कांग्रेसको प्यानल नै विजयी भएको छ।
कांग्रेसका जोशी माओवादी केन्द्रका फूलाराम चौधरीलाई ११५ मतको अन्तरले पराजित गर्दै वडाध्यक्ष निर्वाचित भएका हुन्।
विजयी भएका जोशीले ४६४ मत ल्याए भने माओवादी केन्द्रका चौधरीले ३४१ मत ल्याए। एमालेका उम्मेदवार जितबहादुर चौधरीले २६६ मत ल्याए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।