काठमाडौं– मुस्ताङको लोमन्थाङ गाउँपालिकामा कांग्रेसले अग्रता लिएको छ।
निर्वाचन आयोगको वेबसाइटमा उपलब्ध अपडेट अनुसार, त्यहाँ नेपाली कांग्रेसका टसि गुरुङले १४८ मत पाएका छन्। त्यस्तै, नेकपा एमालेका छसी न्हर्वु गुरुङले ३१ मत पाएका छन्।
उपाध्यक्षमा पनि नेपाली कांग्रेसकी छिरिङ ढोका गुरुङले अग्रता लिएकी छन्। उनले १११ मत पाएकी छिन्। त्यस्तै, एमालेकी उम्मेदवार छ्युमी विष्ट गुरुङले ६६ मत पाएकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।