काठमाडौं– मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिकाको अन्तिम मतपरिणाम प्राप्त भएको छ।
निर्वाचन परिणाम अनुसार त्यहाँ एमालेको उम्मेदवार लोप्साङ छोम्पेल विष्ट विजयी भएका छन्।
विष्टले ६८९ मत पाएका छन्। प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका देव बहादुर गुरुङले १८५ मत पाएका छन्।
उपाध्यक्षमा पनि एमालेकी छिरिङ ल्हामो गुरुङ विजयी भएकी छिन्। उनले ६४१ मत पाइन्। नेपाली कांग्रेसकी लक्ष्मी गुरुङले २२५ मत पाएर पराजित भएकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।