काठमाडौं– नुवाकोटको म्यागङ गाउँपलिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता कायम राखेका छन्। शुक्रबार भएको स्थानीय तहको निर्वाचनपश्चात सुरु भएको मतगणनामा म्यागङ गाउँपालिकामा कांग्रेसका आसा तामाङ अगाडि देखिएका छन्।
हालसम्मको मतगणनामा कांग्रेसका आसा तामाङले ९३ मत प्राप्त गरेका छन्। त्यस्तै, उनका निकटतम प्रतिद्वन्द्वी देखिएका माओवादी केन्द्रका सुक बहादुर तामाङले ६९ मत प्राप्त गरेका छन्।
क्रमशः तेस्रोमा मंगोल नेशनल अर्गनाइजेसनका प्रदीक्षा वाइवा तामाङले ४६ मत, नेकपा एमालेका मेघ नाथ तामाङदले ३७ मत, जनता समाजवादी पार्टीका मान सिंह तामाङले २ र राष्ट्रिय प्रजातन्त्र पार्टीका विजय तामाङले शुन्य मत प्राप्त गरेका छन्।
सोही गाउँपालिकाको वडा नम्बर १ मा भने कांग्रेस प्यानलले जित हासिल गरेको छ। कांग्रेसका जिमा बहादुर तामाङले ९४ मत ल्याउँदै जित हासिल गरेका हुन्। उनका प्रतिस्पर्धी रहेका माओवादी केन्द्रका अनिल कुमार घलेले ६९ मत ल्याएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।