काठमाडौं– नुवाकोटको म्यागङ गाउँपालिकाको वडा नम्बर १ को वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। कांग्रेसका जिमा बहादुर तामाङ वडाध्यक्ष पदका लागि निर्वाचित भएका हुन्। तामाङ प्यानलसहित विजयी भएका हुन्।
तामाङले ९४ मत ल्याएका छन्। त्यस्तै, उनका निकटतम प्रतिद्वन्द्वी रहेका माओवादी केन्द्रका अनिल कुमार घलेले ६९ मत ल्याए। वडाध्यक्षका लागि उम्मेदवार रहेका एमालेका दलसीं तामाङले ४१ र मंगोल नेशनल अर्गनाइजेसनका सुप्पे बहादुर गुरुङले ४४ मत ल्याएका छन्।
वडाध्यक्षमा विजयी भएका तामाङको प्यानलबाट वडा सदस्यमा कृष्णबहादुर घले (८५ मत), महिला सदस्यमा सरु घले (८१ मत), दलित महिला सदस्यमा सुबर्ण परियार (८६ मत)ले जीत हासिल गरेका छन्।
म्यागङ वडा नम्बर १ मा कुल मतदाता ४ सय जना रहेकोमा २५६ जनाले मतदान गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।