काठमाडौं– मनाङको चामे गाउंपालिकको वडा नम्बर ५ को वडाध्यक्ष गोलाप्रथाबाट चुनिएका छन्। नेकपा एमालेका उम्मेदवार कैले गुरूङ वडाध्यक्ष निर्वाचित भएका हुन्।
निर्वतमान अध्यक्ष समेत रहेका गुरूङ र कांग्रेसका उम्मेदवार फुर्पा छिरिङले समान ३०/३० मत प्राप्त गरेका हुन्। दुवै उम्मेदवारको समान मत आएपछि गोलाप्रथाको विकल्प अपनाइएको थियो।
त्यस्तै, सोहि वडाको खुला सदस्यमा पनि गोलाप्रथाद्वारा एमालेका समिरा गुरुङ विजयी भएकी छन्। समिरा र कांग्रेस उम्मेदवार सेराव विष्टको बराबर २८ मत आएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।