जनकपुरधाम– प्रदेश २ को प्रदेशसभा नियमावली सम्बन्धि २ वटा विधेयकहरु सर्वसम्मतले पारित भएको छ।
आज बसेको प्रदेशसभाको बैठकबाट निति आयोग गठन तथा कार्य सञ्चालन सम्बन्धि विधेयक, २०७५ र प्रदेश वित्तिय हस्तान्तरण व्यवस्थापन विधेयक, २०७५ सर्वसम्मतिले पारित भएको हो।
मुख्यमन्त्री लालबाबु राउतले सदनमा प्रस्तुत गरेका निति आयोग गठन तथा कार्य सञ्चालन विधेयक, २०७५ माथि सांसदद्वय सुन्दर विश्वकर्मा र रविन्द्र बैठाले दर्ता गराएको संशोधन फिर्ता लिएका थिए। आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले प्रस्ताव गरेको प्रदेश वित्तिय हस्तान्तरण व्यवस्थापन विधेयकमाथि कुनै पनि सांसदले संशोधन दर्ता गराएका थिएनन्।
प्रदेश २ को प्रदेशसभा बैठक साउन १० गते बिहान १० बजेसम्मका लागि स्थगित गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।