काठमाडौं– मनाङको चामे गाउँपालिका अध्यक्षमा पुन: एमालेकै उम्मेदवार विजयी भएका छन्। यसअघि पनि चामे गाउँपलिका अध्यक्ष रहेका लोकेन्द्रबहादुर घले पुनः गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन्।
घलेले ३२० मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी रहेका नेपाली कांग्रेसका उम्मेदवार छिरिङध्वर्जे लामाले २७९ मत ल्याएका छन्।
त्यस्तै, उपाध्यक्षमा कांग्रेसकी मिङमार ढोल्मा लामाले जित हासिल गरेकी छन्। उनले ३२५ मत ल्याउँदै एमालेकी उम्मेदवार आशकुमारी गुरुङलाई पछि पारेकी हुन्। आशकुमारीले २७४ मत ल्याएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।