काठमाडौं– मनाङको नार्पाभूमि गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसले जित हासिल गरेको छ।
कांग्रेसका उम्मेदवार कोन्जो तेन्जिङ लामाले निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामालाई ४७ मतले पछि पार्दै जित हात पारेका हुन्।
शुक्रबार मध्यरातमा सम्पन्न भएको मत गणनामा कोन्जोले १५८ मत पाएका छन्। यता स्वतन्त्र उम्मेदवार रहेका कृष्णबहादुर लामाले भने १११ मत पाएका छन्।
त्यस्तै, उपाध्यक्ष पदका लागि नेकपा एमालेका मेङमर फुन्चो लामा चुनिएका छन्। उपाध्यक्षमा उनी निर्विरोध चुनिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।