मतपेटिका बोकेर भाग्दै गरेका स्थानीय (तस्बिर अभिमन्यु पटेलको फेसबुकबाट)
काठमाडौं– रौतहटको यमुनामाई गाउँपालिकाअन्तर्गतको १ मतदान केन्द्रबाट मतपेटिका लुटिएको छ।
यमुनामाई गाउँपालिका-२ स्थित मतदान केन्द्रबाट मतपेटिका लुटिएको हो।
मतदानका क्रममा विवाद उत्पन्न भएपछि केही स्थानीयहरुले मतपेटिका लुटेर लगेका हुन्।
रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले यमुनामाई–२ स्थित मतदान केन्द्रबाट मतपेटिका लुटिएको प्रारम्भिक जानकारी आएको बताए। मतदान सकिएपछि सिलबन्दी गर्ने क्रममा मतपेटिका लुटिएको प्रजिअ शाहीले जानकारी दिए।
'मतपेटिका लुटिएको भन्ने प्रारम्भिक जानकारी आएको छ,' प्रजिअ शाहीले भने, 'अहिले थप सुरक्षाकर्मी पठाएका छौं।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।