• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

कास्की जिल्ला पूर्ण खोपयुक्त घोषणा, गण्डकी प्रदेशमा अब स्याङ्जामात्रै बाँकी

64x64
नेपाल लाइभ बुधबार, असार २७, २०७५  १४:५१
1140x725

पोखरा– पोखरा लेखनाथ महानगरपालिका पूर्ण खोप सुनिश्चित महानगर भएसँगै कास्की जिल्ला बुधबारबाट पूर्ण खोप सुनिश्चित जिल्ला बनेको छ। पोखरा महानगरपालिकाका २६, २७, २९, ३०, ३१ र ३२ नम्बर वडालाई पूर्ण खोपयुक्त भएको सुनिश्चित भएसँगै महानगर र जिल्लालाई एकैचोटी पूर्ण खोपयुक्त क्षेत्र घोेषणा गरिएको हो।

कार्यक्रममा पूर्ण खोपको प्रतिवेदन प्रस्तुत गर्दै जिल्ला जनस्वास्थ्य कार्यालयका खोप अधिकृत एकनारायण लम्सालले जिल्लामा रहेका १५ महिनाभन्दा कम उमेरका ८ हजार ६ सय ९८ जना शिशुले खोप पाइसकेको निश्चित भइसकेको बताए। ‘१५ महिनासम्मका शिशुले ११ प्रकारका रोग विरुद्ध खोप लगाइसकेको पाइएको छ,’ उनले भने, ‘अब हामीले १६ देखि १५ महिनासम्मका शिशुलाई निगरानीमा राख्नु छ।’

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशका जनताको स्वास्थ्य सुरक्षा गर्न प्रदेश सरकारले केन्द्र तथा स्थानीय तहसँग सहकार्य गर्न तयार रहेको बताए। ‘प्रदेशका लागि खोप ऐन ल्याएर २ करोड रुपैयाँको कोष बनाउने योजना ल्याएका छौं, आवश्यक परेमा २० करोड रुपैयाँको पनि ल्याउँछौं,’ उनले भने। प्रदेशका जनताको स्वास्थ्य अवस्था सुधार गर्न जुनसुकै चुनौति पनि सामना गर्न प्रदेश सरकार तयार रहेको उनले प्रष्ट पारे।

कास्की जिल्ला पूर्ण खोप भएपछि प्रदेशमा स्याङ्जामात्रै पूर्ण खोपयुक्त जिल्ला घोषणा हुन बाँकी छ। गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनमगरले स्याङ्जालाई समेत चाँडै पूर्ण खोपयुक्त जिल्ला घोषणा गरेर प्रदेशलाई नै पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गर्ने बताइन्। ‘स्याङ्जामा पनि केही प्रक्रिया मिलाउन बाँकी छ, त्यसपछि प्रदेश नै पूर्ण खोपयुक्त बन्छ,’ उनले भनिन्। खोपयुक्त घोषणा गर्नुभन्दा त्यसैलाई निरन्तरता दिनु चुनौतिपूर्ण रहेको उनले औंल्याइन्।

प्रदेशसभा सदस्य तथा पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले कास्की जिल्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएपनि त्यसले अन्य जिम्मेवारीसमेत थप गरेको बताए। ‘१५ महिनासम्मका बच्चाले त पाए, त्यो भन्दामाथिका बच्चाको निगरानी कसले गर्ने?’ उनले भने, ‘नेपालमा न्यूनतम मापदण्डका खोप मात्रै पाएका छौं, गुणस्तरीय खोप अझै उपलब्ध हुनसकेको छैन।’ 

Ncell 2
Ncell 2
nimb
nimb

खोप लगाएको या नलगाएको, बच्चाहरुको स्वास्थ्य अवस्थाको बारेमा ‘फलोअप’ र निगरानी राख्न नसक्दा कास्की ढिलो गरी खोपयुक्त जिल्ला घोषणा भएको उनले प्रष्ट्याए।

पोखरा महानगरका मेयर मानबहादुर जिसीले केन्द्र तथा प्रदेश सरकारले सुविधा दिएजस्तो गरेर पनि पूर्ण रुपमा नदिएको आरोप लगाए। ‘एकातिर सुविधा तथा अधिकार दिएजस्तो गर्छन्, अर्कोतिर तान्छन्,’ उनले भने। स्थानीय तहमा रहेका ठूला स्वास्थ्य संस्था प्रदेश सरकारले आफ्नो मातहतमा राख्न लागेको प्रसंगमा उनले यस्तो भनाइ राखेका हुन्। मेयर जिसीले सबै राजनीतिक दल तथा स्वास्थ्य स्वयम्सेवकको सहयोगले नै पूर्ण खोपयुक्त महानगर घोषणा गर्न सफल भएको धारणा राखे।

जिल्ला स्वास्थ्य सेवा विभाग अन्र्तगतको बाल स्वास्थ्य महाशाखा प्रमुख झलकराम गौतमले खोपयुक्त जिल्ला घोषणा गरेर अन्य जिम्मेवारीबाट पन्छिन नहुने बताए । उनले भने, ‘आउने दिनमा खोपसँगै अझै धेरै काम गर्नुपर्छ, अझै धेरै जिम्मेवारी थपिएको छ।’ उनले स्थानीय तहसँग मिलेर खोप कार्यक्रम अझै व्यवस्थित गर्दै लैजाने बताए। देशले खोप निःशुल्क तथा जनशक्ति उपलब्ध गराउँदैमा सबैले खोपको सुविधा नपाउने हुनाले त्यतातर्फ ध्यान दिनुपर्ने उनको भनाइ थियो।

खोप सेवा अन्र्तगत जन्मने बित्तिकै क्षयरोग विरूद्ध, ६ हप्तामा भ्यागुते रोग, लहरे खोकी, टिटानस, हेमोफिलस निमोनिया, हेपाटाइटिस बी, न्युमोकोकस निमोनिया, ९ महिनामा दादुरा र रूबेला, १ वर्षमा जापानिज इन्सेफलाइटिस विरूद्ध खोप लगाउनुपर्ने हुन्छ।

कास्कीमा सर्वप्रथम २०७२ सालमा तत्कालिन चापाकोट गाविसलाई पूर्ण खोपयुक्त घोषणा गरिएको थियो। त्यस्तै तत्कालिन पोखरा उपमहानगरपालिका २०७२ सालमा पूर्ण खोपयुक्त महानगर घोषणा भएको थियो। महाननगरमा तत्कालिन लेखनाथ नगरपालिका जोडिएपछि दोस्रोपटक बुधबार पूर्ण खोप सुनिश्चित क्षेत्र घोषणा गरिएको हो।

प्रकाशित मिति: बुधबार, असार २७, २०७५  १४:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी
सम्बन्धित सामग्री
खोलाको अधिकारमा सर्वोच्चको पहिलो व्याख्या : ‘जीवित व्यक्तित्व’को मान्यता सर्वोच्च अदालतले पहिलो पटक खोला तथा नदीको अधिकार सम्बन्धमा विस्तृत व्याख्या गर्दै फैसला सुनाएको छ। सोमबार, भदौ २९, २०८३
आज हरितालिका तीज हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज सोमबार अटल सौभाग्यको कामना गरी मनाइँदैछ। सोमबार, भदौ २९, २०८३
आज दर खाँदै नेपाली महिला हरितालिका (तीज) व्रतका लागि शक्ति सञ्चय गर्न नेपाली महिलाले आज दर खाँदैछन्। दर खाएसँगै चारदिने तीज पर्व औपचारिक रूपमा सुरु हुनेछ। आइतबार, भदौ २८, २०८३
ताजा समाचारसबै
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना मंगलबार, असोज ६, २०८३
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्