काठमाडौं– स्थानीय तहको जारी निर्वाचनअन्तर्गत देशभरका विभिन्न ठाउँमा गरी ३२ वटा मतदान केन्द्रमा मतदान रोकिएको छ।
विभिन्न कारण विवाद उत्पन्न भएपछि ३२ वटा केन्द्रमा मतदान रोकिएको र चाँडै पुन: सुरु गर्ने प्रयास भइरहेको प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले जानकारी दिए।
‘यो रद्ध हैन। सबै मतदान अधिकृतहरुले पुन: सुचारु गर्ने प्रयास जारी राख्नुभएको छ,’ थपलियाले भने, ‘आयोग वा आयोगका कर्मचारी तथा सुरक्षाकर्मीका कारण गढवढी भए आयोगले जिम्मेबारी लिन्छ, तर मतदान स्थल बाहिर अवाञ्छित क्रियाकलाप गरे मान्य हुँदैन।’
काभ्रे, हुम्ला, जुम्ला, सप्तरी, रौतहट र बझाङ लगायत क्षेत्रमा केही समय रोकिएको र पुन: सुचारु हुने थपलियाको भनाइ छ।
सप्तरीको डाक्नेश्वरी नगरपालिकाको एउटा मतदान केन्द्रमा भने दलहरुको सर्वदलीय बैठक बसेर मतदान रोक्ने निर्णय भइसकेको छ। उक्त स्थानमा जेठ १ गते मतदान गर्ने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।